असोज १०, २०८३ शनिबार September 26, 2026

मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे स्नातक तहको परीक्षा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगरले सत्रान्त परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

नेपाल सरकार, कोभिड १९ संकट व्यवस्थापन सञ्चालनको हिजो बसेको बैठकबाट देशभरका विद्यालय तथा शिक्षालयहरुमा तय भएका पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभए सम्मका लागि स्थगित गर्ने निर्णय भएकाले सोही अनुरुप मध्यपश्चिमाञ्चल विविका परीक्षा स्थगित भएको हो ।

मध्यपश्चिमाञ्चल विविले आजदेखी सञ्चालन हुने गरी तय गरेको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातक तहको सत्रान्त परीक्षा पनि अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्द प्रसाद सुवेदीले जानकारी दिएका छन् ।

साथै, सम्पूर्ण विद्यार्थीहरुलाई आ–आफ्नो परीक्षाको तयारीमा रही रहन पनि उनले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार