माघ १३, २०७९ शुक्रबार January 27, 2023

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।

प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन ।

उनले अघि भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
२०७९ माघ १३, शुक्रबार
माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
२०७९ माघ १३, शुक्रबार
रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
२०७९ माघ १३, शुक्रबार
२४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी
२०७९ माघ १३, शुक्रबार
पठानले राखेका यी १० रेकर्ड
२०७९ माघ १३, शुक्रबार
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो – मुद्दाको आदेश आँउदै
२०७९ माघ १३, शुक्रबार
सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर
२०७९ माघ १३, शुक्रबार