बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

लायन्स क्लबको बाग्मती तथा गुल्मी एरियाका पदाधिकारीहरुको प्रशिक्षण सम्पन्न-‘लायन्स मोडल भिलेज’ स्थापना गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: लायन्स अन्तराष्ट्रीय डिस्ट्रिक ३२५ वि १ नेपालको बाग्मती तथा गुल्मी एरियाका पदाधिकारीहरुको प्रशिक्षण शनिबार सम्पन्न भएको छ । कोभिड-१९का कारण स्कुलिङ्गमा सहभागि सबैलाई भर्चुअल प्रविधीमार्फत सहभागी गराइएको थियो ।

स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रीक गर्भनर ईलेक्ट लायन विश्वेश्वर आचार्यले लायन वर्ष २०२१–२२ का लागी डिष्ट्रीकले ल्याएका मुख्य कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । सहभागी क्लबका इलेक्ट अध्यक्ष, उपाध्यक्ष , सचिव र कोषाध्यक्षहरुले गर्भनरका कार्यक्रमहरुलाई पूर्ण सफल बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

गर्भनर आर्चायका अनुसार आगामी वर्षको मुख्य कार्यक्रम ‘लायन्स मोडल भिलेज’ स्थापना गर्ने रहेको छ । लायन्सले धेरै कार्यक्रम गरिरहेको तर त्यसको प्रभावकारितामा कमी भएको जनमानसले महसुस गरेकाेले अबको बर्ष नियमित गरिने कार्यक्रमका अतिरिक्त तोकिएको १३ जिल्लाका गाउँ केन्द्रित गरेर मुख्य कार्यक्रम गर्ने र सेवाका सम्पूर्ण कार्यसँगै आयआर्जनका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर त्यही स्थानमा गर्दै ति गाउँलाइ उधमी गाउँका रुपमा बिकास गर्ने योजना रहेको डिष्ट्रीक्ट गर्भनर इलेक्ट विशेश्वर आचार्यले सफल आवाजलाई बताए ।

स्कुलिङ्ग कार्यक्रममा ख्यातीप्राप्त प्रशिक्षकले भर्चुअली प्रशिक्षण दिएका थिए । कार्यक्रमका कि नोट स्पिकर एबं लायन्स अन्तराष्ट्रियका एलसिआइपि सर्टिफाइड फ्याकल्टी, बरिष्ठ प्रशिक्षक शन्देशदास श्रेष्ठले लिडरशिप इन क्राइसिस बिषयमा उत्कृष्ठ प्रशिक्षण दिएका थिए । अर्का प्रशिक्षक एबं मोटिभेसनल स्पिकर रमण नेपाली भट्टराईले सक्सेस मन्त्र शिर्षकमा प्रशिक्षण दिएका थिए ।

लायन्स डिस्ट्रिक ३२५ वि १ नेपालका पुर्ब डिस्ट्रिक गर्भनर तथा मल्टिपल लायन्स म्यागेजिन चिफ एडिटर लायन धनराज आचार्य र गर्भनर इलेक्ट विश्वेश्वर आचार्यले नबनिर्बाचित अध्यक्षलाई प्रशिक्षण दिएका थिए । प्रथम भाइस गर्भनर इलेक्ट महेन्द्र पौडेल, सेकेन्ड भाइस गर्भनर इलेक्ट मणीरत्न बज्राचार्य मनोनित क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाई क्याबिनेट सेक्रेटरी सुर्यकुमार केसी, मनोनित कोषाध्यक्ष पृथ्वी शर्मा तिमल्सिना र हालका कोषाध्यक्ष उदय नेपालले क्रमश उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई प्रशिक्षण दिएका थिए ।

स्कुलिङ्गमा अध्यक्ष ,उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई उनीहरुको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिइएको मनोनित क्याविनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।

स्कुलिङ्ग कार्यक्रममा बोल्दै प्रमुख अतिथी एलसिआईएफ एरिया लिडर लायन बालकृष्ण वुर्लाकोटीले बाग्मती तथा गुल्मी एरियाका पिभिएसटीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गर्भनरले ल्याएका कार्यक्रमलाई सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताए । लायन्स लिडर बुर्लाकोटीे आगामी जेठ २१,२२ गते भर्चुअली हुने मल्टिपल कन्भेन्सनमा डिष्ट्रीक ३२५ वि १ को तर्फबाट अन्तराष्ट्रीय डाइरेक्टरका लागी उमेदवार पनी हुन । उनले आगामी मल्टिपल कन्भेन्सनमा मत दिएर आफुलाई बिजय गराउन आग्रह गरेका छन ।

डिष्ट्रीक ३२५ वि १ नेपालका वर्तमान डिष्ट्रीक गर्भनर लायन मन बहादुर रोक्काको सभापतीत्वमा सम्पन्न स्कुलिङ्ग कार्यक्रममा ,लायन्स म्यागेजिन चिफ एडिटर लायन धनराज आचार्य , डिजी इलेक्ट ,विश्वेश्वर आचार्य,वर्तमान डिष्ट्रीक गर्भनर लायन मनबहादुर रोक्का, एसडिजि चिफ आरबि अधिकारी, लगायतले लायन्सको स्कुलिङ्ग कार्यक्रमको उपयोगिता माथी प्रकाश पारेका थिए । करिब ८०० लायन्सले भर्चुअल स्कुलिङ्गमा सहभागीता जनाएको कार्यक्रम संयोजक लायन उदय नेपालले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया