बैसाख २०, २०८३ आइतबार May 3, 2026

अढाई लाख घुससहित इन्जिनियर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कैलालीको धनगढीस्थित सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका एक इन्जिनियर अढाई लाख घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग लिएको २ लाख ५० हजार रुपैयाँ घुसहित इन्जिनीयर त्रिलोक जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तिययारका प्रदीपकुमार कोइरालाका अनुसार भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपलगायत काम गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय (कञ्चनपुर)बाट खटिएको टोलीले इन्जिनियर जोशीलाई रंगेहात पक्राउ गरेको हो।

२ लाख ५० हजार रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटबाटै उनलाई शुक्रबार नियन्त्रणमा लिइएको अख्तिययारका प्रवक्ता कोइरालाले जानकारी दिएका छन। घटनाबारे अनुसन्धान भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया