असार २५, २०८२ बुधबार July 9, 2025

पत्रकारको घरमा प्रहरीले खानतलासी गरेकोप्रति महासंघको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाको निवासमा प्रहरीले बिनाकारण खानतलासी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महांघका अनुसार केन्द्रीय सदस्य झाको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित घरमा हजुरआमा एक्लै रहेको अवस्थामा बुधबार बिना सूचना घरमा प्रवेश गरी प्रहरीले दुई पटक खानतलासी गरेका थिए।

बिहीबार विज्ञप्ति प्रकासित गरी महासंघले भनेको छ, ‘व्यावसायिक रुपमा पत्रकारिता गरिरहेका झाको निवासमा प्रहरीले देखाएको हर्कत निन्दनीय र आपत्तिजनक छ। प्रहरीको यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको महासंघको ठहर छ। महासंघ यो घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गर्दछ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार