असोज ६, २०८३ मंगलबार September 22, 2026

पत्रकारको घरमा प्रहरीले खानतलासी गरेकोप्रति महासंघको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाको निवासमा प्रहरीले बिनाकारण खानतलासी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महांघका अनुसार केन्द्रीय सदस्य झाको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित घरमा हजुरआमा एक्लै रहेको अवस्थामा बुधबार बिना सूचना घरमा प्रवेश गरी प्रहरीले दुई पटक खानतलासी गरेका थिए।

बिहीबार विज्ञप्ति प्रकासित गरी महासंघले भनेको छ, ‘व्यावसायिक रुपमा पत्रकारिता गरिरहेका झाको निवासमा प्रहरीले देखाएको हर्कत निन्दनीय र आपत्तिजनक छ। प्रहरीको यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको महासंघको ठहर छ। महासंघ यो घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गर्दछ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
२०८३ असोज ६, मंगलबार
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच न्युयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार