जेठ ७, २०८१ सोमबार May 20, 2024

अख्तियारकै अगुवा भ्रष्ट्राचारमा मुछिएपछी आफैँ फन्दामा पर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने कर्मचारी आफैं पनि इमान्दार र नैतिकवान छैनन् । आयोगमा कार्यरत अवस्थामै तथा अन्य कार्यालयमा सरुवा भएपछि उनीहरू आफैं अनियमिततामा संलग्न हुने गर्दछन् ।

आयोगका तल्लो तहका कर्मचारीदेखि प्रमुखआयुक्तसम्म भ्रष्टाचारको छानबिनमा तानिएका छन् । आयोगमा सहायक प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका उपसचिव  खगेन्द्रप्रसाद रिजाल मंगलबार आयोगकै हिरासतमा पुगेका छन् । दोलखाको प्रमुख जिल्ला अधिकारीका रुपका कार्यरत रहँदा अभद्र व्यवहार मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न उनीहरूसँग घुस लिई भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्न आयोगले उनलाई नियन्त्रणमा लिइएको हो । मिडियामार्फत उनको घुसकाण्ड सार्वजनिक भएपछि आयोगले छानबिन थालेको थियो ।

अख्तियारबाट सरुवा भएर गृह मन्त्रालय पुगेका रिजाल पछिल्लो समय दोलखाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए । गत १८ मंसिरमा उनले दुईवटा मुद्दाका तीनजना अभियुक्तसँग एक लाख ११ हजार रुपैयाँ घुस लिएका थिए । पीडितले थोरैको भपाई दिएर धेरै पैसा लिएको भन्दै प्रश्न गरेलगत्तै भोलिपल्टै उनले रकम फिर्ता गरे । त्यसलगत्तै गृह मन्त्रालयले उनलाई मन्त्रालय तान्यो । तर, उनीविरुद्ध भ्रष्टाचारजन्य काम गरेको सम्बन्धमा अनुुसन्धान भइरहेको र पदमा बहाल रहँदा आफूविरुद्धको प्रमाण लोप तथा नष्ट गराउने भन्दै अख्तियारले २४ मंसिरमा निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गर्‍यो । त्यही निर्णयका आधारमा गृहले उनलाई निलम्बन गरिसकेको छ । यो खबर नयाँपत्रिका दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया