श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

आज काठमाडौंका यी रुटमा यातायात बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहका कारण आज (बुधबार) काठमाडौं उपत्यकाको यातायात प्रभावित हुने भएको छ।

उद्घाटनअघि निस्किने र्याली र राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिको सवारी हुने भएकाले दिउँसो २ बजेपछि कालीमाटीदेखि जमलसम्म यातायात प्रभावित हुने भएको हो।

ट्राफिक प्रहरी महाशखाका अनुसार दिउँसो २ बजेपछि ठमेललगायत क्षेत्रबाट भ्रमण वर्ष उद्घाटका अवसरमा र्‍याली निस्किँदै छ। जसका कारण कालीमाटी, सहिदगेट, थापाथली, त्रिपुरेश्वर, जमल, केशरमहल क्षेत्रका सडकमा सवारी आवागमन प्रभावित हुने भएको हो।

त्यसैले यसको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ।

ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

दशरथ रंगशालामा आयोजना हुने भव्य समारोहका बीच आज अपराह्नम ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने कार्यक्रम छ।कार्यक्रममा विभिन्न देशका मन्त्रीलगायत विशेष अतिथि सहभागी हुँदै छन्।

यो भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार