जेठ ४, २०८१ शुक्रबार May 17, 2024

सभामुखमा सत्तारूढको मुख ताक्दै काँग्रेसः एमसीसी अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी काँग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा सत्तारूढ दल नेकपासँग छलफल गरेर निष्कर्ष निकाल्ने भएको छ ।

सिंहदरबारस्थित कार्यालयमा शुक्रबार बसेको संसदीय दलको बैठकले सरकार र सत्तारूढ दलसँग छलफल गरेपछि मात्रै सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषय टुंग्याउने निर्णय गरेको हो । ‘सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा सत्तापक्षसँग वार्ता गरेपछि मात्र तय हुन्छ,’ कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै दाबी पेस गर्ने निर्णय बैठकले गरेको छ ।’

संसद्लाई अनिर्णयको बन्दी नबनाउनसमेत कांग्रेसले सत्तारूढ दललाई सुझाएको छ । ‘प्रतिनिधिसभाको अधिवेशन सुरु भएको झन्डै एक महिना हुन लागेको छ । तर, सत्तारूढ दलमा कुरा नमिलेपछि सूचना टाँस्दै स्थगित हुँदै आएको छ,’ पाण्डेले भने, ‘६ माघमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्नुपर्छ । फेरि पनि कुरा मिलेन भन्दै स्थगित गर्ने कार्य कांग्रेसलाई मान्य हुँदैन ।’ सभामुखमा संविधानको व्यवस्थाविरुद्ध कुनै पनि कार्य नगर्न पनि बैठकले सरकारलाई सचेत गराएको छ ।

त्यस्तै, बैठकले प्रतिनिधिसभाको यही अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘प्रतिनिधिसभाको हिउँदे अधिवेशनबाटै एमसीसी अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ पाण्डेले भने, ‘यो वा त्यो बाहानामा पारित नगर्ने कार्य कांग्रेसलाई स्वीकार्य छैन ।’

काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले केही सञ्चारमाध्यमबाट पार्टी सभापति देउवा र अन्य काँग्रेसका कतिपय सांसद तथा नेताहरूबाट आएको भनिएको एमसीसीविरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित रहेको काँग्रेसले स्पष्ट पारेको छ ।

यही माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति काँग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र मतदातालाई बैठकले आग्रह गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार