काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख पद माग्न कमण्डलु लिएर संसदमा प्रस्तुत नभएको बताएको छ ।
सभामुख निर्वाचनका लागि आइतबार बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखमा उम्मेदवारी नदिने निर्णय जानकारी गराएका छन ।
बाहिर यसको अपब्याख्या भएको भन्दै उनले भने, कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी दिएन भनियो । तर उपसभामुखका लागि हामीसँग मत पनि छैन, कमण्डलु लिएर आएका पनि छैनौं ।’
सांसद रिजालले उपसभामुख कताबाट छान्दा सत्तालाई सजिलो पर्छ भनेर सभामुख र उपसभामुख फरक दलको हुने व्यवस्था संविधानमा नराखिएको बताएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया