बैसाख २०, २०८३ आइतबार May 3, 2026

अमेरिका र तालिबानबीच ऐतिहासिक शान्ति सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिका र तालिबानबीच शनिबार ऐतिहासिक शान्ति सम्झौता भएको छ।

यस सम्झौतासँगै अफगानिस्तामा रहेका अमेरिकी सेना फिर्ता हुने र अमेरिकाले अहिलेसम्म गरेको सबैभन्दा लामो युद्धको अन्त्यका लागि आधार तय हुने बताइएको छ।

अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधी जलमे खालिलजद र तालिवान तर्फका मुख्य वार्ताकार मूल्लाह अब्दुल गनी बरदारबीच कतारको दोहामा सो सहमति भएको हो।

अमेरिकी विदेशमन्त्री माइक पम्पियोको उपस्थितिमा सो सहमतिमा हस्ताक्षर भएको थियो।

‘यसरी नै अब अफगानिस्तानले कहिल्यै पनि अन्तर्राष्ट्रिय आतंकवादीलाई सघाउने छैन भन्ने सुनिश्चित गर्नेछौं,’ पम्पिओले भने।

शनिबार नै अमेरिकी रक्षामन्त्री मार्क एस्पर अफगानिस्तानका राष्ट्रपति अस्रफ गानीसँग संयुक्त घोषणा गर्नका लागि काबुल पुगेका छन्।

अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मोहिवका अनुसार, अमेरिका–नाटो–अफगान संयुक्त घोषणामा विदेशी सेनाको फिर्तासम्बन्धी १८–महिने फिर्ती कार्यक्रम तय गरिएको छ।

‘तर, अमेरिका र तालिवानबीच भएको सहमतिका यी बुँदाहरुमा शर्तहरु जोडिएको छ र यदि ती शर्त पुरा नभए सो समयसीमा परिवर्तन हुनसक्छ,’ उनले भने।
गत शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो हस्ताक्षर कार्यक्रममा उपस्थित हुनका लागि उनका रक्षामन्त्री मार्क एस्परलाई काबुल खटाएका थिए।
‘यदि तालिवान र अफगानी सरकारले यी प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे भने अफगानिस्तानमा युद्धको अन्त्य गर्न र हाम्रा सेनालाई फिर्ता ल्याउनेतर्फ अघि बढ्न एउटा बलियो बाटो तय गर्नेछौंं,’ ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यी प्रतिवद्धतामा अल कायदा, आइसिस र अन्य कुनै पनि आतंकवादी समुहबाट मुक्त रहेको नयाँ अफगानिस्तानमा दिर्घकालिन शान्ति कायम गर्नका लागि महत्वपूर्ण कदमहरु तय गरिएको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार