बैसाख २०, २०८३ आइतबार May 3, 2026

कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन नै आत्तियो,के हुने हो अनुमानै गर्न गाह्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आत्तिएको छ। उसले यो संक्रमणले विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको बताएको हो।

कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व अनुमान गर्नै नसकिने ठाउँ (अन्चार्टर्ड टेरटरी) बनेको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना एकदमै अचम्म खालको भाइरस भएको बताएका छन्।

तर यसलाई उपयुक्त उपाय अवलम्बन गरेर नियन्त्रण गर्न सकिने पनि उनले बताएका छन्।

विश्वभर कोरोनाका कारण ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा धेरै चीनका छन्। चीनको उहान कोरोना भाइरसको उद्गमस्थल हो।
तर केही दिनयता चीनभन्दा बाहिर यसको संक्रमण ९ गुणा बढेको बीबीसीले उल्लेख गरेको छ।

चीनबाहिर सबैभन्दा धेरै संक्रमण फैलिएका देशमध्ये इटलीमा सोमबार कोरोनाका कारण मर्नेको संख्या ५२ पुगेको छ।

कोभिड-१९ अर्थात् कोरोना भाइरसविरुद्ध संघर्ष गर्न सबैलाई एउटै उपायले काम नगर्ने भन्दै डा‍. गेहब्रेयससले सबै देशलाई आफ्नो अवस्था विचार गरेर रोकथाममा लाग्न सुझाव दिएका छन्।

उनले भनेका छन्, ‘प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ तर थालनी भने नियन्त्रणबाट गरिनुपर्छ।’

७० भन्दा बढी देशमा फैलियो
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म चीनसहित विश्वका ७० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिसकेको छ।

उक्त भाइरसबाट ९० हजार मानिस संक्रमित भएको पुष्टि भइसकेको छ। तीमध्ये झन्डै ९० प्रतिशत संक्रमित चीनका छन्।

चीनबाहिर ८ हजार ८ सय जनामा कोरोना संक्रमण भएको डब्ल्यूएचओले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार