श्रावण ५, २०८३ मंगलबार July 21, 2026

प्रधानसेनापति र रक्षामन्त्री नआएपछि सुशासन समितिको बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली सेना भित्र भएको र हुने गरेको भ्रष्टाचार बारे छलफल गर्न बोलाइएको संसद अन्तर्गत सुशासन तथा राज्यव्यवस्था समितिको बैठक प्रधानसेनापति तथा रक्षामन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।

सेनामा भ्रष्टाचार हुने गरेको उजुरी परेपछि त्यसबारे छलफल गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई समितिको बिहीबारको बैठकमा उपस्थित हुन भनिएको थियो । तर दुवैजना बैठकमा आएनन् ।

भ्रष्टाचारको गम्भीर आरोप रहेकाले प्रधानसेनापति तथा रक्षामन्त्रीको उपस्थितिमा छलफल गर्नु उपयुक्त हुने भन्दै सांसदहरुले बैठक स्थगित गर्न माग गरेका थिए । सांसदहरु कृष्णगोपाल श्रेष्ठ, झपट रावल, वृजेश कुमार गुप्तासहितले सेनाभित्रको भ्रष्टाचार बारे नेतृत्वसँगै बसेर छलफल गर्न उपयुक्त हुने भन्दै बैठक स्थागित गर्न माग गरेपछि सभापति शशी श्रेष्ठले स्थगित गरेकी हुन् ।

नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको उजुरी समितिमा परेको छ । सोही उजुरीपछि समितिले छलफलका लागि प्रधानसेनापति र रक्षामन्त्रीलाई बोलाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार