काठमाडौँ । जोरपाटी साँखु सडक अन्तर्गत मूलपानी क्षेत्रमा सडक मिचेर बनाएका घर तथा अन्य भौतिक संरचना बुधबार भत्काइएको छ।
उपत्यका सडक विकास आयोजनाले ती संरचना भत्काएको हो। ‘सार्वजनिक सडक मिचेर बनाएका घर तथा अन्य संरचना हटाउन पटक पटक आह्वान गर्दा पनि नहटाएका कारण भत्काइएको अभियानमा स्थलगत अनुगमनमै रहेका आयोजनाका प्रमुख गुरु अधिकारीले बताए।
सो अवसरमा घरमालिक तथा अन्य स्थानीयवासीले सामान्य विरोध गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया