बैसाख २०, २०८३ आइतबार May 3, 2026

अब वैशाख ३ गतेसम्म विदेशबाट नेपाली पनि आउन नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, मलेसिया, टर्की, जापानलगायत सरकारले तोकेका मुलुकहरुबाट चैत ७ गतेदेखि वैशाख ३ गतेसम्म कोही नेपाली वा विदेशी नेपालमा नआउने स्पष्ट पारेको छ।

‘अहिलेको अवस्थामा भिसा सकिएका वा बिरामी कोही पनि नेपाल आउन पाउने छैनन्,’ सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन।

सरकारको उच्चस्तरीय समितिले चैत ७ गते मध्यरातदेखि लागू हुने गरी युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, टर्की, मलेसिया, जापानलगायत मुलुकबाट आगमन प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।

सरकारले भिसा सकिए पनि त्यहाँको सरकारले अहिलेको अवस्थामा त्यहीँ बस्ने व्यवस्था गरेको जानकारी बिडारीले दिएका छन।

सेल्फ क्वारेन्टाइनबारे सरकारले स्पष्ट पारिसकेको र सर्वसाधारणले पनि यसबारे थाहा पाइसकेको सचिव बिडारीले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार