बैसाख २०, २०८३ आइतबार May 3, 2026

कोरोना संक्रमणको त्रासले सुनसान बन्दै उपत्यका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले मानिस धमाधम गाउँ घर फर्किन थालेपछि काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भिनित्र नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि काठमाडौंबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो।

दैनिक हजारौंको संख्यामा मानिस बाहिरिन थालेपछि राजधानी काठमाडौं सुनसानजस्तै बन्न थालेको छ।

शुक्रबार मात्रै १ लाख ३० हजार ८२२ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ। यस दिन काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या भने ६३ हजार ३११ मात्रै छ।

विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभासम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी जमघट नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेसँगै उपत्यकामा मानिसको चहपहल स्वाट्टै घटेको छ।

अहिले काठमाडौंका सडक दसैंमा झैं खाली-खाली देखिन्छन् भने मानिसको भिडभाड पनि उति छैन।

ट्राफिक प्रहरीका अनुसार पछिल्ला ३ दिनमा मात्रै ३ लाख २ हजार २ सय काठमाडौंबाट बाहिरिएका छन्।

बिहीबार १ लाख ८ हजार ४ सय ५८ राजधानीबाट बाहिरिएका थिए भने १८ हजार ५ सय ५४ जना भित्रिएका थिए। बुधबार ९५ हजार २ सय ४७ बाहिरिँदा १७ हजार ४ सय ४१ जना काठमाडौं भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ।

केही दिनयता काठमाडौं उपत्यकबाट बाहिरिने क्रम बढेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताएका छन ।
आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ।

बसपार्कमा यात्रुको चाप बढेको छ। लामो दूरीका बस काउन्टरमा टिकट लिनेहरूको लामो लाइन छ।

शनिबार उपत्यकाबाट बाहिर जाने बस सबै बुक भइसकेको नयाँ बसपार्क काउन्टरले जनाएको छ।

आज शनिबार पनि ठूलो संख्यामा यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

पर्सि सोमबार‍देखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयसँगै उपत्यकाबाट घर फर्किने क्रम अझ तीव्र बनेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार