काठमाडौँ । निजी क्षेत्रको माग भएपछि नेपाल वायुसेवा निगमको चार्टर्ड वाइड बडी विमान कोरोना भाइरसको उपचारका लागि अत्यावश्यक सामग्री लिन चीनको ग्वान्जाओ गएको छ।
फ्ल्यास फ्रेइट लजिष्टिक प्राइभेट लिमिटेडको समन्वयमा काठमाडौंका विभिन्न अस्पताल, ट्रेडिङ सेन्टर, मेडिकल पसलसहित २० भन्दा धेरैका लागि मेडिकल सामग्री लिन ‘आरएनए ४१७१’ वाइडबडी गएको हो।
बिहीबार नै फर्कने उक्त वाइडबडीले पन्जा, टेस्टिङ किट्स, थर्मोमिटर, मास्कलगायत ३० टनभन्दा बढी सामग्री ल्याउने भएको छ।
सरकारले वाइडबडीमा ओम्नी समूहका लागि ल्याउन बाँकी सामग्री खरिद सम्झौता रद्द गरेको घोषणा गरेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया