बैसाख २०, २०८३ आइतबार May 3, 2026

अत्यावश्यक मेडिकल सामग्री खरीदको जिम्मा सेनालाई दिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भ्रष्टाचार र अनियमितताको आरोप लागेपछि सरकारको कोभिड–१९ उपचारका क्रममा अत्यावश्यक सामग्री खरीद प्रक्रिया बीचमै रद्द भएपछि ती सामग्री खरीदको जिम्मेवारी नेपाली सेनाले पाउने भएको छ।

स्वस्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अब उपचारका लागि अत्यावश्यक सामग्री खरीदको जिम्मेवारी सेनालाई दिने निर्णय भएको छ।

त्यसका लागि अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, स्वास्थ मन्त्रालयका चिकित्सक लगायत उच्च अधिकारीको बैठक सेनाको मुख्यालयमा बसिरहेको छ।

बुधबार नै यो निर्णय भएको थियो। तर त्यसबारे विस्तृत छलफल अहिले भइरहेको छ।

अब ‘जी टु जी’बाट सामग्री खरीद गरिने छ।

स्वास्थका कर्मचारीले औषधि र खोप खरीद गर्दा भ्रष्टाचार गरेको यसअघिको नजिर भएको र अहिले पनि संकटका बेला सामग्री खरीदका बेला भ्रष्टाचार गरेकाले उनीहरुलाई अब सामग्री खरीद गर्नबाट वञ्चित गराइएको स्रोतको भनाइ छ।

तर नेपाली सेनाले सामग्री खरिद गरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न भने नमिल्ने स्रोतले बतायो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार