काठमाडौँ । सर्वोच्च अदालतले लक डाउनका कारण हिडेर आफ्नो स्थायी वासस्थान हिँडेकाहरु र अलपत्र परेका नागरिकहरुको उद्धार गर्न अन्तरिम आदेश दिएको छ।
कोरोना भाइरसको संक्रमणका कारण लक डाउन लम्बिरहँदा सयौँ किलोमिटर हिँडेरै मजदुर र विपन्न वर्गका व्यक्तिहरु स्थायी बासस्थान जान थालेपछि उनीहरुलाई घर पुर्याउन सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएको हो।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले चैत ३० गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भटटराई र सपना प्रधान मल्लको इजलासले आदेश दिएको हो।
यसअघि वैशाख २ गते रिटमाथि प्रारम्भीक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुनुनपर्ने भए कारण पेश गर्न आदेश दिएको थियो।
शुक्रबार अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न निवेदक र विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालयलाई उपस्थित भएका थिए।
सर्वोच्चले बिहीबार वैदेशिक रोजगारीमा गएका नागरिकलाई समेत उद्धार गरेर ल्याउन भनेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया