कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

नक्सापास नगरी तेस्रो किस्ता पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नुवाकोट जिल्लाको दोस्रो नगरपालिका बेलकोटगढी नगरपालिकाले भुकम्प प्रभावितहरुका लागि तेस्रो किस्ता लिन सहज बनाएको छ । नगरपालिकाले भूकम्प पीडितको समस्या समाधानका लागि भन्दै तेस्रो किस्ता वितरणलाई केही खुकुलो र सहज बनाएको हो ।

नगरपालिकाले राष्ट्रिय पुननिर्माण प्राधिकरणका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयले तयार गरेको १९ वटा नक्सा अनुसार तयार भएका घरहरुले नक्सापास बिनानै तेस्रो किस्ता लिन सक्ने निर्णइ गरेको नगरपालिकाका मेयर राजेन्द्र रमण खनालले जानकारी दिएका छन् ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयले नगरपालिकाभित्र नक्सापास अनिवार्य गर्नुपर्ने भन्ने शर्त तेर्साएका कारण तेस्रो किस्ता वितरणमा केही ढिलाई र असहजता देखिएको थियो । मेयर खनालले अब तेस्रो लिन लिनका लागि झन्झट व्यहोर्नु नपर्ने भन्दै दोस्रो किस्ताजस्तै गरी सरल प्रक्रियाबाट तेस्रो किस्ताको रकम पाउने जानकारी दिए ।

नगरपालिकाले सहज रुपमा नक्सा पास गराउन पनि नसक्ने र पीडितले राहतका लागि लामो समय कुर्नुपर्नेअवस्थाको अन्त्य गर्न यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । तेस्रो किस्ताका लागि नक्सापास अनिवार्य भएपछि हालसम्म सो नगरक्षेत्रका एक तिहाईले पनि तेस्रो किस्ता पाउन सकेका छैनन् ।

दोस्रो किस्ता सहज भएपनि तेस्रो किस्ताका लागि नगरपालिका र प्राविधिकका कारण ज्यादै असहज रहेको स्थानीय भुकम्प पीडित शम्भु दाहालले बताए । उनले नगरपालिकाको निर्णय स्वागत योग्य भएको भन्दै तेस्रो किस्ताका लागि सहज भएको प्रतिक्रिया दिए ।

पीडितहरुले प्राधिकरणले तोकेको १७ प्रकारको मापदण्ड अनुसार नै घर बनाएको भएपनि नक्सापास अनिवार्य गरिएपछि तेस्रो किस्ता लिन निकै सास्ती खेप्नु पर्दै आएको थियो । (नुवाकोट पुकार साप्ताहिकबाट )

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार