२६ जेठ, काठमाडौं । सरकारले जारी गरेको लकडाउनको नागरिकबाट स्वतः उलंघन भईरहेका बेला लकडाउनको स्वरुप परिर्वतनको निर्णय गर्न बसेको उच्चस्तरीय समिति बैठक आईतबार पनि निर्णयमा पुग्न सकेन ।
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आइतबार अबेर राती सम्म बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदा टुंग्याउन नसकेको हो । विगत केही दिन देखि निजी क्षेत्र,व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसंगको छलफल पछि तयार पारेको मस्यौदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताईए पनि बैठकले ठोस निर्णय गर्न सकेन । प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरी पुन अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “तयार भईरहेको कार्ययोजनाको मस्यौदामा आजपनि घनीभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरि आजको बैठक सम्पन्न भएको छ । यो कार्य जारी छ । प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित सम्पुर्ण टिम आजको यो विशेष बैठकमा सहभागी भएको थियो । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् । यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरी मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी पुन पेश गर्ने गरि बैठक सम्पन्न भएको छ । ”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया