असार २४, २०८२ मंगलबार July 8, 2025

थुनुवाको मृत्युपछि छानबिनको माग गर्दै स्थानीयद्वारा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, धनुषा । इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

थुनामा रहेका धनुषा सवैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए ।

“सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका मुसहर गएराति २ बजेतिर शौचालयमा झुन्डिएको अवस्थामा हामीले पायौँ”, प्रहरी निरीक्षक यादवले भने । थुनामै मुसहरको मृत्यु भएपछि घटना शङ्कास्पद रहेको भन्दै स्थानीयवासीले बरकुर्वामा सडक अवरुद्व गरी प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरी भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

नीयवासीले प्रहरी चौकीमा बाहिरबाटै ढुङ्गामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया