काठमाण्डाैंः इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले प्रहरी निरीक्षक रामबालक यादव रायलाई घुस रकमसहित शनिबार पक्राउ गरेको हो ।
बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीको विशेष टोलीले स्थानीय ठेकेदार दुर्गा लामासँग १२ हजार घुस रकम लिँदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।
ठेकेदारसंँग शनिवार बिहान भीमफेदी- ६ स्थित सगरमाथा होटलमा घुस लिईरहेको अवस्थामा इन्स्पेक्टर रायलाई पक्राउ गरि प्रदेश प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि पनि उनले विभिन्न समयमा ठेकेदार लामासँग धम्काउदै घुस माग्दै आएको उजुरी परेको थियो ।
रंगेहात पक्राउ परेका इन्स्पेक्टर रायलाई कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकिएको तथा उनी आजैबाट निलम्बन परिसकेको र अब उनलाई कानुनी प्रक्रियाअनुसार कारबाही अगाडि बढ्ने बाग्मती प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाले जानकारी दिए । ।
घटनाबारे थप अनुसन्धान गर्दै सत्य तथ्य पत्ता लगाई घुससहित पक्राउ परेका प्रहरी अधिकृत इन्स्पेक्टर रायलाई अख्तियारमा बुझाउने तयारी भइरहेको प्रदेश प्रहरीले बताएको छ । रक्षक नै भक्षक भएपछि कसको के नै लाग्छ ?
नेपालको एउटा ईतिहास बोकेको नेपाल प्रहरीका अधिकृतनै यस्ता कार्यमा सलंग्न भएपछि अरुबाट के आशा गर्नु छ र त्यसैले भ्रष्टाचारीलाई कडा भन्दा कडा कार्वाहीको ब्यवस्था गरी दण्डित गर्नुपर्ने जनस्तरबाट उठिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया