असार ३०, २०८२ सोमबार July 14, 2025

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३६ जना प्रहरी कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।

हालसम्म कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११, सप्तरीमा ३, सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा २, जुम्लामा ४, जाजरकोटमा १, कञ्चनपुरमा ३, अछाममा १, बाजुरामा १, परिसर काठमाडौंमा ३ र भक्तपुरमा १ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित सबैको विभिन्न अस्पताल स्थित आइसोलेसनमा राखेर  उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले जानकारी दिएका छन् । प्रवक्ता शाहीले स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन गरिएको र पछिल्लो समय थप सावधानी अपनाउन देशभर निर्देशन दिइएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया