असार २९, २०८२ आइतबार July 13, 2025

लकडाउनमा १४ हजार विदेशी बाहिरिए, करिब १० हजार नेपालमै अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः कोभिड-१९ नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको अवधिमा करिब १४ हजार विदेशी नागरिक नेपालबाट बाहिरिएका छन् । विभिन्न प्रयोजनका लागि नेपाल भित्रिएकामध्ये १४ हजार फर्किएका हुन् ।

लकडाउनका कारण हवाई सेवा बन्द भएपछि नेपालबाट यो संख्यामा विदेशी नागरिक आफ्नो मुलुक फर्केका छन् । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीकाअनुसार उनीहरूलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी आफ्नो मुलुक फर्काएको हो । लकडाउन यथावतै रहेको अवस्थामा व्यावसायिक उडान अझै सुरु हुन नसक्दा थप करिब १० हजार विदेशी नेपालमै अलपत्र छन् ।

यसबाहेक नेपाल भ्रमण वर्षको क्रममा नेपाल घुम्न आएका करिब १३ हजार पर्यटकमध्ये हालसम्म करिब १० हजार सम्बन्धित मुलुकमा फर्केको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बताए । अझै करिब १ हजार देखि १५ सय पर्यटक नेपालमा रहेको अनुमान बोर्डको छ ।

नेपालमा रहेका पर्यटकमध्ये कतिपय स्वेच्छाले नेपालमै बसेका छन्। कतिपय बाध्यताले बसेको रेग्मीले बताए । सम्बन्धित मुलुकले समन्वय नगर्दा पनि उनीहरू फर्कन पाएका छैनन्, कतिपय भने आर्थिक अभावका कारण पनि यता छन्, व्यावसायिक उडान सुरु भएपछि उनीहरू फर्कने सम्भावना छ’, रेग्मीले भने । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार