श्रावण १७, २०८३ आइतबार August 2, 2026

लकडाउनमा १४ हजार विदेशी बाहिरिए, करिब १० हजार नेपालमै अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः कोभिड-१९ नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको अवधिमा करिब १४ हजार विदेशी नागरिक नेपालबाट बाहिरिएका छन् । विभिन्न प्रयोजनका लागि नेपाल भित्रिएकामध्ये १४ हजार फर्किएका हुन् ।

लकडाउनका कारण हवाई सेवा बन्द भएपछि नेपालबाट यो संख्यामा विदेशी नागरिक आफ्नो मुलुक फर्केका छन् । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीकाअनुसार उनीहरूलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी आफ्नो मुलुक फर्काएको हो । लकडाउन यथावतै रहेको अवस्थामा व्यावसायिक उडान अझै सुरु हुन नसक्दा थप करिब १० हजार विदेशी नेपालमै अलपत्र छन् ।

यसबाहेक नेपाल भ्रमण वर्षको क्रममा नेपाल घुम्न आएका करिब १३ हजार पर्यटकमध्ये हालसम्म करिब १० हजार सम्बन्धित मुलुकमा फर्केको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बताए । अझै करिब १ हजार देखि १५ सय पर्यटक नेपालमा रहेको अनुमान बोर्डको छ ।

नेपालमा रहेका पर्यटकमध्ये कतिपय स्वेच्छाले नेपालमै बसेका छन्। कतिपय बाध्यताले बसेको रेग्मीले बताए । सम्बन्धित मुलुकले समन्वय नगर्दा पनि उनीहरू फर्कन पाएका छैनन्, कतिपय भने आर्थिक अभावका कारण पनि यता छन्, व्यावसायिक उडान सुरु भएपछि उनीहरू फर्कने सम्भावना छ’, रेग्मीले भने । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति (पत्रसहित)
२०८३ श्रावण १७, आइतबार
एक वर्षमा ३३३ उद्योग दर्ता
२०८३ श्रावण १७, आइतबार
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार