असार २९, २०८२ आइतबार July 13, 2025

‘नेपालको रुई गाउँ सरकारले किन तिब्बतलाई दियो ?’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो। पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन्। त्यसो त रुईवासी पनि समय-समयमा यता आउँछन्, साम्दोवासी पनि रुईतिर गइरहन्छन्।

साम्दोका बासिन्दा रुईभन्दा दुई दिन टाढा पर्ने खाङ्सार बजारसम्म सामान किन्न पुग्छन्। त्यताका बासिन्दा पनि साम्दो, सामा गाउँ, ल्हो, प्रोक, बिहीसम्म सामान बेच्दै आइपुग्छन्। दुवै गाउँका बासिन्दासँग सीमा वारपार गर्ने पुर्जी हुने साम्दोका बेलबहादुर गुरुङ बताउँछन्।

‘साम्दोका बासिन्दासँग उताको बोर्डर पास हुन्छ। रुईवासीजस्तै उताको अस्पतालमा उपचार गर्ने सहुलियत पनि हुन्छ’, ३३ वर्षसम्म शिक्षण पेसा गरेर बसेका गुरुङ भन्छन्, ‘उताका व्यापारी पनि घोडा, याक, चौरीमा सामान बोकाएर ल्हो, बिही, प्रोकसम्म व्यापार गर्न आइपुग्छन्।’ उनका अनुसार यी दुई गाउँका बासिन्दा लजुङ भञ्ज्याङको छोटो बाटो आउजाउ गर्छन्।

एउटै गाउँ छुट्टिएर दुईवटा हुनुपर्दा साम्दोवासीको चित्त दुखाइ छ। आफ्नो पैतृक थलो तिब्बतको अधीनमा हुँदा कसैको पनि चित्त नबुझेको स्थानीय निमा दोर्जे लामा बताउँछन्। ‘पहिले त हामी एउटै हो नि’, चुमनुब्री गाउँपालिका–१ का जनप्रतिनिधिसमेत रहेका लामा भन्छन्, ‘तर, पछि चाइनाको भयो। नेपाल सरकारले आफ्नै गाउँ किन तिब्बतलाई दियो ? किन दाबी गरेन ? हामीले केही बुझ्न सकेनौं।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा शिव उप्रेतीले लेखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार