भाद्र २८, २०८३ आइतबार September 13, 2026

७८ दिनपछि पानीटंकी नाकाको अवरोध हटेपछी मेची नाकामा रोकिएका मालवाहक छुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतको पश्चिम बंगालस्थित पानीटंकी नाकाबाट ७८ दिनपछि नेपाली वस्तुले विना अवरोध भारत निकासी पाएको छ । बुधवार नेपालको मेची नाका हुँदै १४ ओटा मालवाहक ट्रकले पानीटंकी नाकाबाट निर्वाध रूपमा पश्चिमबंगाल प्रवेश पाएका हुन् । यसअघि कोरोना नियन्त्रणको कारण देखाउँदै पश्चिमबंगाल प्रहरीले मेची पुलमा नै मालवाहक सवारी रोकेको थियो ।

बुधवार छुटेका १३ मालवाहक ट्रकले कुचो लिएर गएका छन् भने एउटाले अदुवा बोकेर गएको छ । मेची भन्सारका सूचना अधिकृत भरतराज अधिकारीका अनुसार बुधवारदेखि मेची नाकाबाट हुने आयातनिर्यात विना अवरोध सञ्चालन भएको छ ।

मेची नाका पूर्णरूपमा सञ्चालनमा आए पनि सिलिगुडीबाट आउने इन्धन आउन नसकेको मेची भन्सारले जानकारी दिएको छ । त्यसैगरी बंगलादेशबाट आउने औषधि र जुसहरूको आयात पनि ठप्प रहेको अधिकारीले जानकारी दिए । उनका अनुसार मेची नाकाबाट ३० किलोमीटर पूर्वमा रहेको भारतीय आयलको रिफाइनरी सेन्टरबाट नेपाली ट्यांकरबाट ल्याउने गरेको इन्धन भने भित्रिन सकेको छैन । मेची भन्सारको राजस्वको प्रमुख स्रोत भनेको इन्धन आयात नै हो । वैशाख २७ गते पानीटंकी नाकाबाट नेपाल आयात हुने सम्पूर्ण सामग्री विनाअवरोध आए पनि इन्धन भने अहिलेसम्म आयात हुन सकेको छैन ।

उनका अनुसार भारतीय भन्सारले तेलका ट्यांकरलाई पारि जाने अनुमति दिएको छैन । त्यस्तै नेपालका १ सयओटा मालवाहकलाई भारतले बंगलादेशको पूmलबारी नाकासम्म जाने अनुमति दिएको छैन । नेपाली ट्रकहरूले नै बंगलादेशको फूलबारी नाकाबाट मालसामान ढुवानी गरिरहेका थिए ।

कोरोना महामारीको कारण देखाउँदै पश्चिमबंगाल सरकारले चैत २६ गतेबाट पानीटंकी नाका बन्द गरेपछि मेची नाकाबाट हुने आयातनिर्यात ठप्प भएको थियो । त्यसको १ महीनापछि अर्थात् वैशाख २७ गतेबाट सो नाकाबाट नेपालतर्फ हुने आयात खुले पनि नेपालतर्फबाट हुने निर्यातमा भने रोक लगाइएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासले पश्चिमबंगालका चिफ सेक्रेटरी राजीव सिन्हालाई टेलिफोनमार्फत पानीटंकी नाकाबन्द भएका कारण नेपाली सामानको निकासीमा समस्या रहेको जानकारी गराएपछि उनले तत्कालै नाका खोल्न आदेश दिएका थिए । यो खबर बिहिबारको अभियान दैनिकमा प्रकशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार