असार २८, २०८२ शनिबार July 12, 2025

प्रोत्साहन भत्ता नपाएपछि डाक्टर आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् ।

उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् ।

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुने गरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । तर चालु आर्थिक वर्ष सकिन लाग्दा पनि नपाएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालका आन्दोलित डा. प्रकाश वलीले बताएका छन ।

‘हामीले योभन्दा अगाडि पटक–पटक लिखित र मौखिक रुपमा सरकारलाई भत्ता उपलव्ध गराउन माग गर्‍यौं तर सरकारले सुनेन,’ उनले भने, ‘यो आर्थिक वर्ष पनि सकिन लागिसक्यो । सरकारले दिन्छु त भन्छ तर ७ महिना बित्दा पनि दिन सकेको छैन । अरु स्थायी चिकित्सकहरुले भने पाइरहेका छन् । हामी बाध्य भएर आन्दोनमा उत्रिएका हौं ।’

डा. वलीका अनुसार प्रदेश अस्पतालमा ८ औं तहका २५ जना डाक्टर कार्यरत छन् । यीमध्ये एकजना मात्रै स्थायी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार