असार २४, २०८२ मंगलबार July 8, 2025

आफुलाई हटाउने सपना नदेख्न नयाँदिल्ली र नेपालका शक्तिमानहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न चेतावनी दिएका छन् । स्वर्गीय नेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा उक्त चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले अतिक्रमित नेपाली भूमिसहितको नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न छिमेकी मित्रराष्ट्र भारतलाई समेत चेतावनी दिएका हुन् ।

तश्विरः प्रधानमन्त्रीको सचिवालय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले आफूलाई हटाउनका लागि नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के-के भइरहेको पर्याप्त जानकारी रहेको बताए ।

जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रम ओलीले भौतिकवादीले पाप र धर्ममा विश्वास नगर्ने तर निष्ठा र सत्यमा रहनुपर्ने उल्लेख गर्दै कतिपय भौतिकवादी निष्ठा र सत्यबाट च्यूत भएपछि उनीहरूले जेसुकै गर्न पछि नपर्ने बताए ।

यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ उनले भने । साथै उनले हटाउन कोशिस गर्नेलाई गर्न दिऔं, कसैले हतार नगरे हुन्छ ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न । आजका लागि होइन भोलिका लागि । आफ्ना लागि होइन देशका लागि, उनले भने ।

अधिकांस समय विरोधिहरुलाई खर्चिएका उनले जननेता मदन भण्डारीका विचारलाई इमानसहित अनुशरण गर्न समेत आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार