असार २३, २०८२ सोमबार July 7, 2025

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैं: न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।

स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो । राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफु जिम्मेवारीमा रहदाँसम्म सम्पूर्ण शक्ति लगाएर आफुले काम गरेको दावी गर्नुभएको छ ।

उहाँले संसदमा आफु कानुन निर्माताको रूपमा रहिरहने र त्यहाँबाट राम्रो भूमिका खेल्ने पनि उल्लेख गर्नुभयो । कोरोनाभाइरस नियन्त्रणको मामिलामा न्युजिल्याण्ड विश्वमै अग्रस्थानमा सफल मानिएको छ, तर मन्त्रीका रुपमा क्लार्कको भूमिका भने आलोचित हुनपुग्यो ।

उहाँ अपदस्त हुनुको पछाडि उहाँले प्रयोग गरेका शब्द नै मुख्य कारण बन्न पुगेको अन्तराष्ट्रिय समाचारमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया