कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहरामा नेतृत्व हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ अन्तर्गतको लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहरा क्लबको सन् २०२०-२१ का लागि पद हस्तान्तरण कार्यक्रम गरेको छ ।

गत शुक्रबार लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहराले काठमाण्डाैं ठमेलमा एक कार्यक्रमका बिच पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो ।

लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहराका अध्यक्ष नेत्र प्रसाद गुरागाँईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बर्ष २०२०-२१ का अध्यक्ष प्रसाद गुरुङलाई पद हस्तान्तरण गरिएको छ । प्रमुख अतिथि एव‌ं चार्टर प्रेसिडेन्ट मनोज कुमार श्रेष्ठले क्लब स्थापनाको उद्देश्यबारे प्रकाश पार्नुका साथै क्लबको आगामी कार्यक्रमहरु समाजलाई उल्लेखनीय योगदान पुर्याउने खालको होस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रसाद गुरुङ नेतृत्वको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष शक्ति श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजाराम थापा, तृतीय उपाध्यक्ष विजय पन्त, सचिव, कोषाध्यक्ष लगायत रहनुभएको छ ।

अध्यक्ष गुरागाँईले आफ्नो कार्यकालमा धेरै कार्यहरु गर्ने सोच राखिएको भएपनि छोटो समयका बिच केही महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताउनुभयो । साथै उहाँले आफुले  छाडेका अधुरा कामहरु नवनिर्वाचित अध्यक्ष प्रसाद गुरुङले पुरा गर्नुहुनेछ भन्दै आफ्नो कार्यकालमा हरतरह सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद एव‌ं आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

पद हस्तान्तरण कार्यक्रममा आईपिपि गुराँगाईले अध्यक्ष प्रसाद गुरुङलाई पिन लगाएर सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जागरुक नवआगन्तुक ६ जना सदस्यहरुलाई प्रमुख अतिथि एव‌ं चार्टर प्रेसिडेन्ट मनोज कुमार श्रेष्ठ, आईपिपि नेत्र प्रसाद गुरागाँई तथा अध्यक्ष प्रसाद गुरुङ लगायतले सदस्यता सहित स्वागत गर्नुभएको थियो ।

साथै बाढीपीडित सहयोगार्थ लायन्स क्लब अफ काठमाण्डाैं हेरिटेज धरहरा क्लबको सदस्यहरुबाट संकलित रु १६,०१०/- रकम अध्यक्ष लायन प्रसाद गुरुङले  डिस्ट्रिक ३२५ बि १ मा हस्तान्तरण गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार