भाद्र २०, २०८३ शनिबार September 5, 2026

सुनको मुल्यमा नयाँ रेकर्डः ९४ हजार तोलामा कारोवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः बुधबार नेपाली बजारमा सुन मुल्यले नयाँ रकेर्ड कायम गरेको छ । आज सुनको मुल्य तोलामा १३०० रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च हो । यस अघि सुनको उच्च विन्दु प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यसैगरी, आजका लागि तेजावी सुनको मुल्य रु.  ९३ हजार ५ सय ६० तोकिएको छ ।

आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १०४० रहेको थियो । तर, आज प्रतितोला ११३५ रुपैयाँ पुगेको महासंघको भनाइ छ । चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया