भाद्र १३, २०८३ शनिबार August 29, 2026

उडान अनुमति प्रदान गर्न वायुसेवा सञ्चालकको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले प्राकृतिक प्रकोपको अवस्थालाई मध्यनजर गरी ‘नन् सेड्युल’ उडान सञ्चालन अनुमति प्रदान गर्न सरकार समक्ष अनुरोध गरेको छ ।

सङ्घका अध्यक्ष क्या रामेश्वर थापाले आज एक विज्ञप्ति जारी गर्दै मौजुदा प्राकृतिक प्रकोपको अवस्थामा हवाई सेवाले राहत पुर्‍याउन सक्ने अवस्था रहेकाले सरकारबाट स्वीकृत हवाई भाडाको सीमाभित्र रही आवश्यकताअनुसार उडान सञ्चालनको अनुमति प्रदानका लागि अनुरोध गर्नुभएको हो ।

हालको अविरल वर्षाका कारण प्रायःजसो सबै राजमार्ग तथा लोकमार्गमा बाढी र पहिराले क्षतिग्रस्त भएकाले लामो दूरीका यातायात अति कष्टकर भएको भन्दै सङ्घले बाढी पहिराका कारण तुरुन्त राहत पु¥याउन एवं आवतजावत गर्न सम्भव नहुने भएकाले आन्तरिक उडान सञ्चालनले राहत पुग्ने जनाएको छ ।

आन्तरिक वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको कोभिड–१९ को निर्देशिकाअनुसार उडान सञ्चालनका लागि सम्पूर्ण तयारी गरी सकिएको र उडान सञ्चालनको ड्रिल गरी सकेको सङ्घलले उल्लेख गरेको छ । यसबाट भदौ १ देखि शुरु हुने नियमित उडान सञ्चालनको तयारीको आँकलन गर्न वायुसेवा कम्पनी तथा नियामक निकायलाई अवसर प्राप्त हुने उल्लेख गरेको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । बन्दाबन्दीका कारण झण्डै पाँच महिनापछि हुने उडानको तयारीका लागि एयरलाइन्सले सुरक्षित उडानको तयारी गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार