भाद्र ११, २०८३ बिहिबार August 27, 2026

हेलिकप्टर दुर्घटना पर्यटनमन्त्रीसहित सात जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं . नेपाली राजनीतिका एक होनहार व्यक्तित्वको निधन भएको छ । सानै उमेरमा राजनीतिमा स्थापित हुन सफल हुनुभएको  हेलिकप्टर दुर्घटना पर्यटनमन्त्रीसहित सात जनाको मृत्यु भएको छ ।  एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले हेलिकप्टरमा सवार ७ जनाकै शव फेला परेको पुष्टि गरेका हो । दुर्घटनामा परेको हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भाग चाहिँ बाँकी रहेको प्रत्यक्षदर्शीले बताएका छन । उपप्रमुखका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाको सीमा क्षेत्रमा पर्छ । ‘हाल ताप्लेजुङमा कुहिरो लागिरहेको र पानी पनि परिरहेको भट्टराईले बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार