श्रावण २०, २०८३ बुधबार August 5, 2026

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शङ्कर पोखरेल

विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देउखुरी (दाङ)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा एमाले महासचिव शङ्कर पोखरेल मतदातासँगको भेटघाट बढाउनुभएको छ ।

उहाँले दाङका मतदातासँग संवाद र चुनावी एजेन्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुग्नुभएको हो ।

घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा उहाँले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा तयार पारेका विकासका काम र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गर्नुभएको हो ।

पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा होमिएको बताउनुभयो । “विकास योजना कागजमा मात्रै सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ,” उहाँले भन्नुभयो , “योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ ।”

कार्यक्रमका क्रममा उहाँले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताउनुभयो । स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै उहाँले सडक, पूर्वाधार, खानेपानी र सिँचाइ जस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता स्पष्ट पार्नुभयो ।

घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए । स्थानीयले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो पनि राखेका थिए ।

पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । “रणनीतिक महत्त्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,” उहाँले भन्नुभयो, “अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।”

मतदातासँगको संवादमा उहाँले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राख्नुभयो । “दाङको समृद्धि साझा एजेन्डा हो,” उहाँले भन्नुभयो, “यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार