श्रावण २०, २०८३ बुधबार August 5, 2026

रास्वपाको झापा–५ मा रहेको सम्पर्क कार्यालयमा कस्ले गर्यो तोडफोड ?

रास्वपाको कार्यालयभित्र भने कुनै क्षति नभएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । झापा–५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । कमल गाउँपालिका–२ मा रहेको रास्वपाको सम्पर्क कार्यालयमा मध्यरातमा अज्ञात समूहले ढुंगा प्रहार गरेको हो ।

उक्त कार्यालय कमल गाउँपालिका–२ निवासी जयप्रकाश अधिकारीको घरमा सञ्चालनमा रहेको थियो । मध्यरातको समयमा अचानक ढुंगा प्रहार हुँदा कार्यालय रहेको घरको झ्यालको सिसा फुटेको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार ढुंगा प्रहारबाट घरको झ्यालको सिसा फुटेको भए पनि रास्वपाको कार्यालयभित्र भने कुनै ठूला भौतिक क्षति नभएको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घटनापछि स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेर निरीक्षण गरेको छ भने ढुंगा प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान गर्न अनुसन्धान अघि बढाइएको छ । घटनाको कारण र उद्देश्य खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

उक्त क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि बढिरहेका बेला यस्तो घटना भएको हो । झापा–५ बाट रास्वपाका तर्फबाट वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार