श्रावण २०, २०८३ बुधबार August 5, 2026

दुर्गा प्रसाईंको पटक–पटक पक्राउप्रति राप्रपाको गम्भीर आपत्ति

लोकतान्त्रिक मूल्यविपरीतका गतिविधि तुरुन्त रोक्न सरकारलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई बारम्बार दुःख दिने, फरक विचारलाई निरुत्साहित र दबाउने नियतबाट पटक–पटक पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा राज्यले एक व्यक्तिमाथि प्रतिशोध साध्नु अनुचित मात्र नभई नागरिकले स्वतन्त्र रूपमा हिँड्न, डुल्न, बोल्न, लेख्न तथा शान्तिपूर्ण विरोध गर्न पाउने संविधानप्रदत्त अधिकारलाई कुण्ठित गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा दुर्गा प्रसाईंलाई बिना शर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरिएको छ। साथै, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।

राप्रपाले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने यस्ता गतिविधि तत्काल रोक्नुपर्ने भन्दै कानुनी शासन र मानवअधिकारको संरक्षणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार