श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेकपा (बहुमत) का केन्द्रीय सदस्य सहित ललितपुर जिल्ला कमिटी काँग्रेसमा समाहित

पछिल्लो समय विभिन्न दल परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) परित्याग गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज कुमाल सिल्वालसहित केही नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसमा प्रवेश गर्नेमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का गोदावरी नगर इञ्चार्ज हरिकृष्ण महत, जिल्ला कमिटी सदस्य तथा महाँकाल गाउँपालिका–२ का तामाङ मुक्ति मोर्चाका सहसंयोजक सुरेश भोम्जन, जनस्वयम्सेवक युवा संगठन ललितपुरका जिल्ला संयोजक सुनिल मगर रहेका छन् ।

यसैगरी, आजैका मितिदेखि बहुमत पार्टीका जिल्ला सदस्य सुरज सिजापति र सन्तकुमार सिलवालले पनि पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश कार्यक्रममा नवप्रवेशी नेताहरूले बहुमत पार्टीको राजनीतिक दिशा र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, समावेशी राजनीति र संस्थागत अभ्यासको पक्षमा उभिन कांग्रेस रोजेको बताएका छन् । उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा मुलुकलाई स्थायित्व, विकास र सुशासनतर्फ लैजान नेपाली कांग्रेस नै उपयुक्त राजनीतिक शक्ति रहेको धारणा व्यक्त गरे ।

कांग्रेस नेतृत्वले नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनीहरूको अनुभव र सक्रियताले संगठन सुदृढ हुने विश्वास व्यक्त गरेको छ । पार्टीले आगामी दिनमा नवप्रवेशीहरूलाई संगठन विस्तार र जनस्तरमा कांग्रेसको अभियान मजबुत बनाउन जिम्मेवारी दिने जनाएको छ ।

पछिल्लो समय विभिन्न दल परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै गएको छ, जसलाई कांग्रेसले पार्टीप्रतिको जनविश्वास बढ्दै गएको संकेतका रूपमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार