श्रावण २०, २०८३ बुधबार August 5, 2026

संविधान संशोधनसहित चुनावी एजेन्डा लिएर जनताका घरदैलोमा जान विप्लवको निर्देशन

शुशिला कार्की नेतृत्वको सरकारले स्वतन्त्र पहिचान गुमाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई संविधान संशोधन र राज्य पुनःसंरचनाको मुद्दा लिएर जनताका घरदैलोमा जान निर्देशन दिएका छन् ।

साविक लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका उम्मेदवार तथा अगुवा कार्यकर्तालाई मंगलबार बुटवलमा प्रशिक्षण दिँदै विप्लवले अहिलेको निर्वाचनमा सबैभन्दा नयाँ र जनताप्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै रहेको दाबी गरेका छन् ।

जनताले माओवादी पार्टीलाई राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बलियो शक्तिको रुपमा समेत हेरेको दाबी गरेका छन् ।

पछिल्लो समय कतिपय पार्टीले लोकप्रियताको आवरणमा विदेशी डिजाइनको प्रतिनिधित्व गरेको संकेत गर्दै उक्त खेलमा देशभित्र गम्भीर चलखेल भइरहेकोसमेत बताएका थिए ।

महासचिव विप्लवले शुशिला कार्की नेतृत्वको सरकारले स्वतन्त्र पहिचान गुमाएको दाबी गरेका छन् । उनले कार्की सरकार रास्वपाको सरकार भएको उनको तर्क थियो ।

चुनाव गराउने जिम्मा लिएर सरकारको मन्त्री बनेकाहरु जिम्मेवारी छाडेर रास्वपाको उम्मेदवार बन्दै हिंड्नुले अस्वभाविक डिजाइनको संकेत गरेको उनले बताए ।

प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, पिविएम वसन्त श्रेष्ठ, बाला थापा, केन्द्रीय सदस्य संगम पुन, धिरज राना, सरद वली लगायतका नेताहरूले सम्बोधन गरेका थिए भने उम्मेदवारहरु सबैले जिल्ला र निर्वाचन क्षेत्रको वस्तुस्थितिबारे रिपोर्टिङ गरेका थिए ।

माओवादीले लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये २३ वटा क्षेत्रमा उम्मेदवार दिएको छ । रोल्पामा पार्टीका प्रभावशाली नेता चुडामणि वलीलाई उम्मेदवार बनाएको छ । साबिक लुम्बिनी अञ्चल अन्तर्गतका महत्त्वपूर्ण जिल्ला रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार बनाएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र ५ मा माओवादी जनयुद्धका पुराना नेता बिष्णु भट्टराईलाई उम्मेदवार बनाएको छ भने रुपन्देही २ मा बिरेन्द्र विकलाई उम्मेदवार बनाएको छ ।

यस्तै रुपन्देही १ मा मदनबहादुर थारु, ३ मा शंकर ज्ञवाली र निर्वाचन क्षेत्र ४ मा बिष्णु तिवारीलाई उम्मेदवार बनाएको छ । यस्तै पाल्पाको निर्वाचन क्षेत्र १ मा बिष्णु ठड्डराई र २ मा जेन्जी युवा पुरन गैरेलाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको नेकपाका केन्द्रीय सदस्य सरद वलीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार