श्रावण २०, २०८३ बुधबार August 5, 2026

वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यकः उपसभापति शर्मा

गुटबन्दी त्यागेर टोलस्तरसम्म पुगेर जनताको गुनासा सुन्न र समाधानको प्रतिज्ञा गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।

आज यहाँ भैरहवामा आयोजित पार्टी सदस्य भेटघाट कार्यक्रममा उहाँले राजनीतिप्रतिको बढ्दो वितृष्णालाई आशामा बदल्न राजनीतिक दलहरू आत्मसुधारमा लाग्नुपर्ने र त्यसको सुरुआत कांग्रेसले गरिसकेको बताउनुभयो ।

उपसभापति शर्माले विगतका राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिका स्मरण गर्दै अब सुशासन र विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताउनुभयो । “तरल राजनीतिक परिस्थितिमा संयमित भएर जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी छ । यसका लागि कांग्रेसले सङ्कल्प गरिसकेको छ”, उहाँले भन्नुभयो ।

पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिँदै उपसभापति शर्माले गुटबन्दी त्यागेर टोलस्तरसम्म पुगेर जनताको गुनासा सुन्न र समाधानको प्रतिज्ञा गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको आर्थिक सङ्कट र युवा पुस्तामा देखिएको नैराश्यताप्रति चिन्ता व्यक्त गर्दै नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो । सत्ता समीकरणका खेलहरूभन्दा माथि उठेर जनताको जीविकोपार्जनमा सुधार ल्याउने गरी सरकारले काम गर्नुपर्ने र त्यसमा कांग्रेसले स्पष्ट दृष्टिकोण अगाडि सारेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेता बालकृष्ण खाणले संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती देखिएको उल्लेख गर्दै यसको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्ने बताउनुभयो । “संविधान र प्रजातन्त्रको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसको हो । विगतमा देशको हितमा गरेका कामको निरन्तरता र नयाँ सुधारका काम अगाडि सार्दै पार्टीले देशको नेतृत्व गर्नेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं १ का प्रतिनिभिसभा सदस्य उम्मेदवार हीराबहादुर खत्री, क्षेत्र नं २ का चुन्नप्रसाद पाण्डे, क्षेत्र नं ३ का सुशील गुरुङ, क्षेत्र नं ४ का आशुतोष मिश्र, क्षेत्र नं ५ का भरतकुमार शाहलगायत वक्ताहरूले सङ्गठन सुदृढीकरण, सुशासन र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार