श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनावी घोषणापत्र सार्वजनिक

ठूला भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिनेसम्मको व्यवस्था गर्नुपर्ने विषय घोषणापत्रमा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन ३ गते  । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिनेसम्मको व्यवस्था गर्नुपर्ने विषय घोषणापत्रमा उल्लेख गरिएको बताउनुभयो। घोषणापत्रमा जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्नुपर्ने र आमाबुबा दुवै वंशज नेपाली नागरिक भएका सन्तानलाई मात्र वंशजको नागरिकता दिने व्यवस्थाका लागि सङ्घर्ष जारी राख्ने उल्लेख छ।

त्यसैगरी विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रार, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख एवं न्यायालयका न्यायाधीशलाई सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्न आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

blogसचिव सुवालले सर्वसाधारण जनतालाई थप सेवासहित स्वास्थ्य बिमाको उपचार प्रभावकारी बनाउन जोड दिइने बताउनुभयो। उहाँले सहकारीमार्फत घरघरमा रोजगारी सिर्जना गर्ने, कुटीर व्यवसाय एवं साना घरेलु उद्योगको प्रबन्ध गर्न सके सहकारीमा भइरहेको ठगी नियन्त्रण हुने भएकाले त्यसका लागि पहल गरिने उल्लेख गर्नुभयो।

कृषि उत्पादन बढाउन आवश्यक ठाउँमा सिँचाइका नहर निर्माणका लागि सङ्घर्ष गर्ने तथा मल कारखाना र बीउबिजनको व्यवस्था गर्ने सङ्कल्प पनि घोषणापत्रमा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार