श्रावण २०, २०८३ बुधबार August 5, 2026

राजनीतिक परिवर्तनको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति आफ्नो पार्टी : नारायणकाजी

युवाको आवाजलाई समर्थन, भ्रष्टाचारविरुद्ध कडा अभियान चलाउने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति आफ्नो पार्टी रहेको बताएका छन्।

श्रेष्ठले राजनीतिक परिवर्तनका उपलब्धि आजसम्म सुरक्षित रहनुमा नेपाली कम्युनिस्ट पार्टीको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै केही शक्तिहरू परिवर्तनलाई कमजोर पार्ने, उपलब्धि खोस्ने र प्रतिगमन लाद्ने प्रयासमा लागेको आरोप लगाए।

उनका अनुसार संविधान, लोकतन्त्र र परिवर्तनका उपलब्धिहरूको रक्षा गर्दै देशलाई समृद्धिको दिशामा लैजान पार्टी प्रतिबद्ध छ। श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशलाई सामाजिक-आर्थिक विकासमा रूपान्तरण गर्ने, सुशासन र सामाजिक न्यायको पक्षमा अभियान चलाउने काम पनि आफ्नो पार्टीले गरेको दाबी गरे।

त्यसैगरी उनले पछिल्लो समय युवापुस्ताले उठाएका मुद्दा, विशेषगरी ‘जेनजी’ का आवाजहरूलाई पार्टीले समर्थन गरेको र युवामाथि हुने दमनको विरोध गर्दै आएको बताए।

उनले भ्रष्टाचारविरुद्ध सुशासन, राजनीतिक दलहरूको सुधार तथा रूपान्तरण, राजनीतिक स्थिरता र विकासको मुद्दा अघि बढाउँदै देशलाई समृद्ध बनाउने लक्ष्य पार्टीको रहेको उल्लेख गरे ।

श्रेष्ठले सत्य–तथ्य जनतासम्म स्पष्ट रूपमा पुगेमा संविधान र लोकतन्त्रको रक्षा, विकास र समृद्धिको यात्रामा जनताले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार