श्रावण २०, २०८३ बुधबार August 5, 2026

विगुमा एमाले-माओवादी त्याग्दै दर्जनौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काँग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोलखा । नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेको छ। विगु गाउँपालिका-१ मा आयोजित वडा सभा कार्यक्रममा एमाले र माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।

एमाले छोड्नेहरूमा उपाध्यक्ष श्रेष्ठसहित वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ र वडा नं.२ की पार्वती जीसी रहेका छन्।

त्यस्तै एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि कांग्रेसमा प्रवेश गरेका छन्।

नेकपा परित्याग गरी साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपाली पनि कांग्रेसमा गएका छन्।

पार्टी प्रवेश गर्दै उपाध्यक्ष श्रेष्ठले कांग्रेस बदलिएर आएको आफूले यो निर्णय लिएको बताए । नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि युवा नेतृत्वको आवश्यकता महसुस गर्दै पार्टी परिवर्तन गरेको उल्लेख गरे।

नवप्रवेशीहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर स्वागत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार