श्रावण २०, २०८३ बुधबार August 5, 2026

दुर्गा प्रसाईं पक्राउविरुद्ध माईतीघरमा प्रदर्शन, रिहाइको माग गर्दै मोटरसाइकल र्‍याली

माईतीघरबाट सुरु भएको मोटरसाइकल र्‍याली भद्रकाली मन्दिर परिसरमा पुगेर कोणसभामा परिणत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै आइतवार काठमाडौंमा राजावादी समूहले मोटरसाइकल र्‍याली निकालेका छन्।

काठमाडौंको माईतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले प्रसाईंको तत्काल रिहाइको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। “हिन्दुराज्य कायम गरौँ”, “राजसंस्था फर्काऊ” लगायतका नारासहित उनीहरूले पक्राउलाई राजनीतिक प्रतिशोध भएको आरोपसमेत लगाए।

प्रसाईंलाई फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक जानकारी नदिएको भए पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

माईतीघरबाट सुरु भएको मोटरसाइकल र्‍याली भद्रकाली मन्दिर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा वक्ताहरूले प्रसाईंमाथि लगाइएका आरोपहरू सार्वजनिक गर्न र शीघ्र रिहा गर्न सरकारसँग माग गरेका थिए।

प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। हालसम्म र्‍याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार