श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल

पार्टीको प्रतिबद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ फागुनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताउनुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले पार्टीको प्रतिबद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । उहाँले सो प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश गर्ने स्पष्ट पार्नुभयो ।

संयोजक दाहालले राज्यका सबै तहमा दलित समुदायलाई विशेषाधिकार हुनुपर्छ भनेर नेकपाले लड्दै आएको बताउनुभयो । “संविधानसभाबाट जारी नेपालको संविधानमा दलितका हकअधिकार लिपिबद्ध गरिएको छ । त्यो अझै पर्याप्त छैन, हामीलाई विशेषाधिकार प्राप्त गर्नुछ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “मेरो नेतृत्वको सरकारले उक्त प्राधिकरण बनाउने निर्णय गरेको थियो, कार्यान्वयनका लागि बजेट पनि विनियोजन गरेको थिएँ, पछि बनेको सरकारले त्यसलाई अघि बढाएन ।”

नेकपाको गठनपछि क्रान्तिकारी र वामपन्थी शक्तिको ध्रुवीकरण सुरु भइसकेको जनाउँदै उहाँले अब छिट्टै सम्पूर्ण वामपन्थी एकठाउँमै हुने दाबी गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार
फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
२०८३ श्रावण २०, बुधबार