श्रावण २०, २०८३ बुधबार August 5, 2026

झापा–२ मा अठार उम्मेदवार चुनावी मैदानमा

निर्वाचनलाई व्यवस्थित बनाउन ४९ मतदानस्थल र १६५ वटा मतदान केन्द्र तोकिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, १३ फागुनः झापाका अन्य निर्वाचन क्षेत्रझैँ निर्वाचन क्षेत्र नं २ पनि चर्चामा छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार पूर्वसभामुख देवराज घिमिरे र विभिन्न दलका पाँच प्रभावशाली महिला उम्मेदवार गरी १८ जना प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री सरिता प्रसाइँ, नेकपा (माओवादी केन्द्र) बाट पूर्वराज्यमन्त्री धर्मशीला चापागाईं चुनावी मैदानमा छन् । त्यसैगरी श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती पनि घरदैलो अभियानमा सक्रिय छन् ।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । जसमा पुरुष मतदाताको सङ्ख्या ७३ हजार ९५० र महिला मतदाताको सङ्ख्या ७३ हजार ५६७ छ । ‘अन्य’मा पाँचजना मतदाता छन् । निर्वाचनलाई व्यवस्थित बनाउन ४९ मतदानस्थल र १६५ वटा मतदान केन्द्र तोकिएका छन् ।

भौगोलिक रूपमा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका केही वडा र बुद्धशान्ति गाउँपालिकाका केही क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रको विगत पनि रोचक छ । विसं २०४८ देखि हालसम्म यसक्षेत्रमा नेकपा (एमाले) को बलियो पकड देखिन्छ । विसं २०४८ मा देवीप्रसाद ओझा,२ ०५६ मा केपी शर्मा ओली, २०७४ मा पवित्रा निरौला खरेल र २०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भइसक्नुभएको छ ।

यसैगरी, विसं २०६४ मा माओवादीका गौरीशङ्कर खड्का र २०७० मा कांग्रेसका सुधीरकुमार शिवाकोटी पनि यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस पटकको निर्वाचनमा मतदाताको अपेक्षा केवल राजनीतिक परिवर्तनमा मात्र सीमित छैन । अर्जुनधारा र साविकको खुदुनाबारी गाविस क्षेत्रमा रहेको सुकुम्बासी समस्याको स्थायी समाधान र जग्गाधनी पुर्जा वितरण मतदाताको प्रमुख माग रहेको छ ।

अर्जुनधारा–१० की गीता अधिकारी भन्नुहुन्छ, “हामीलाई पटक–पटक आश्वासन दिइयो, तर यसपटक ठोस् काम गर्ने प्रतिनिधिलाई मात्र भोट दिने सोचमा छौँ ।” उहाँका अनुसार अधिकांश मतदाता यसपटक उम्मेदवारको अघिल्लो कार्यकालको समीक्षा गरिरहेका छन् । पूर्वसभामुख घिमिरेको संसदीय अनुभव र एमालेको सङ्गठित मत एकातिर छ, भने अर्कोतिर कांग्रेसको विरासत जोगाउने प्रसाइँको कसरत र रास्वपाकी रानामगरको नयाँ लहरले प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

अघिल्लो निर्वाचनमा कम मतान्तरले परिणाम निस्किएका कारण यसपटक साना दल र नयाँ मतदाताको भूमिका निर्णायक हुने राजनीतिक विश्लेषक बताउँछन् । महिला उम्मेदवारको ठूलो सङ्ख्याले महिला मतदातामा उत्साह थपिएको छभने पुरानो राजनीतिक विरासत र नयाँ शक्तिबीचको यो भिडन्तले झापा–२ को नतिजा कसको पक्षमा जान्छ भन्ने चासो सबैमा देखिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार