श्रावण २०, २०८३ बुधबार August 5, 2026

नुवाकोट–१ मा कांग्रेसका महतको प्रचार तीव्र, मतदातासँग प्रत्यक्ष संवाद

म काम गर्ने मान्छे हुँ, निर्वाचित भए अझ जिम्मेवार बन्छु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाश शरण महतले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका हुन् ।

घरदैलो कार्यक्रमका क्रममा उनले आफू पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको उल्लेख गर्दै यसअघि ऊर्जा मन्त्री, परराष्ट्र मन्त्री र अर्थमन्त्रीका रूपमा काम गरिसकेको अनुभव सुनाए । महतले नुवाकोटमा बाँकी रहेका विद्युत् पहुँच विस्तारका काम आफूले सम्पन्न गराएको दाबी गरे ।

May be an image of one or more people and textउनले भने, ‘म पहिलो पटक निर्वाचनमा लड्दैछु । यहाँबाट प्रत्यक्ष निर्वाचन पहिलो पटक लडे पनि म उर्जा मन्त्री भए, परराष्ट्र मन्त्री भए, अर्थमन्त्री पनि भए । बाँकी बिजुली जुन नुवकोटमा पुगेको थिएन त्यो पुर्याएको मैले हो । म अर्थमन्त्री हुँदा ठूलो ठूलो बजेटमा सिँचाई आयोजना जिर्ण भैइसकेको थियो त्यसको लागि बजेट मैले ल्याएको हो । उत्पादन सुनिश्चित गर्न, सिँचाई सुनिश्चित गर्न यो समस्या हट्यो ।’

उनले अर्थमन्त्री हुँदा जीर्ण अवस्थामा रहेका सिँचाइ आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै उत्पादन र सिँचाइ सुनिश्चित गर्न ती योजना प्रभावकारी बनेको बताए ।

May be an image of one or more people and textकार्यक्रममा उनले अन्य दलले प्रतिबद्धता मात्र व्यक्त गर्ने तर आफूहरूको पार्टीले काम गरेर देखाउने दाबी गरे । ‘अरूले कुरा मात्र गर्छन्, हामी यस्तो गर्छौं उस्तो गर्छौं भन्छन्, तर नेपाली कांग्रेस काम गरेर देखाउँछ,’ उनले भने, ‘म काममा विश्वास गर्छु । निर्वाचित भएर आएपछि जनताप्रति अझ बढी जिम्मेवार भएर काम गर्नेछु र जनतालाई निराश पार्ने छैन ।’

मतदातासँग उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार