श्रावण २०, २०८३ बुधबार August 5, 2026

कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस् : विष्णुबहादुर खड्का

चुनावी प्रतिस्पर्धामा रहेका सबैलाई जिताउन आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत, १४ फागुन । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति एवम् सुर्खेत १ बाट कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले कर्णालीमा पार्टी एक ढिक्का भएको चुनावी मैदानमा होमिएको उद्घोष गरेका छन् ।

कांग्रेसले बिहीबार सुर्खेतमा आयोजना गरेको चुनावी सभाको सम्बोधनका क्रममा उनले यस्तो उद्घोष गरेका हुन् । खड्काले कर्णालीका १० ओटै निर्वाचन क्षेत्रमा कांग्रेसप्रति जनलहर आएकाले सबैमा चुनाव जित्ने दाबी गरे ।

उनले नेकपा एमाले, नेकपा र रास्वपा लगायतका राजनीतिक दलले कांग्रेस विभाजित भएको भन्ने गलत भाष्य बनाएर जनतामा भ्रम छर्ने काम गरेको र यो लगत भएको बताए ।

खड्काले भने, ‘हाम्रो पार्टी अहिले एक ढिका भएर चुनावमा होमिएको छ । कुनै समस्या छैन । बाहिर आएको हल्ला हामीलाई कमजोर बनाउने हल्ला मात्रै हो । यसको पछाडि नलागीकन रूख चिन्हमा भोट हालेर कांग्रेसलाई विजय गराऔँ ।’

उनले आफू सुर्खेत १ को उम्मेदवार भए पनि यस क्षेत्रबाट कांगेसबाट चुनावी प्रतिस्पर्धामा रहेका सबैलाई जिताउन आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विगत २९ वर्षदेखि यातायात व्यवसायीको रूपमा सुर्खेतमा सेवा गर्दै आएका खड्काले यस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस जिताउन सबै नागरिकलाई आग्रह गरे ।

कांग्रेस कर्णालीको सुखदुःखका सारथी खड्काले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि बदलिएर देश बदल्ने हुटहुटीसहित निर्वाचनमा होमिएको कांग्रेसलाई सहयोग गर्नसमेत उनले आग्रह गरे । खड्का कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइ हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार