श्रावण २०, २०८३ बुधबार August 5, 2026

गगनकुमार थापाले दिए होली शुभकामना : फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल

होलीले सामाजिक सहिष्णुता, पारिवारिक स्नेह र आपसी मेलमिलापलाई थप मजबुत बनाउने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली)को अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन्।

सोमबार अर्थात होलीको अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपालको भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै देशको सुन्दर पहिचान भएको उल्लेख गरेका छन् । उनले फागु पूर्णिमालाई आपसी प्रेम, सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने महत्वपूर्ण पर्वका रूपमा वर्णन गरेका छन् ।

‘नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पूर्णिमा (होली) आपसी प्रेम र एकताको एक विशिष्ट पर्व हो,’ सन्देशमा भनिएको छ ।

हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराई क्षेत्रमा फागुन १९ गते मनाइने होलीले सामाजिक सहिष्णुता, पारिवारिक स्नेह र आपसी मेलमिलापलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले फागु पूर्णिमासँगै प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका छन्। शान्तिपूर्ण, मर्यादित र सफल निर्वाचनबाट लोकतन्त्र संस्थागत हुँदै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने उनको विश्वास छ।

उनले भनेका छन्, ‘यसपटक फागु पुर्णिमासंगै हामी प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण उत्सवको सम्मुखमा छौं । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु।’

वसन्त ऋतुको आगमनसँगै आएको यो पर्वले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै उनले पुनः शुभकामना व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार
फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
२०८३ श्रावण २०, बुधबार