श्रावण २०, २०८३ बुधबार August 5, 2026

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी

प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९ सय ८२ मत ल्याए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली भारी मतले विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार उनले २७ हजार ८ सय ५ मत प्राप्त गरे । पराजुलीको उक्त निर्वाचन क्षेत्रमा दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७९ निर्वाचनमा पनि उनी बिजयी भएका थिए ।

उनको प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९ सय ८२ मत ल्याए । नेपाल कम्युनिष्ट पार्टीका बसन्तप्रसाद मानन्धरले ३ हजार ६ सय ६७ मत प्राप्त गरे । एमालेका प्रकाश श्रेष्ठ ३ हजार ५ सय ४४ मत प्राप्त गरी चौथों भएका छन् ।

उज्यालो पार्टीका विमला तामाङले १ हजार ३ सय ८३ र राप्रपाका लालकुमार तामाङले १ हजार ३ सय ८१ मत ल्याएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया