श्रावण २०, २०८३ बुधबार August 5, 2026

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : उपसभापति डा. वाग्ले

जनताले शिर निहुराउन नपर्ने गरी काम गर्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), २३ फागुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज यहाँ कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उहाँले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडि बढ्ने र जनताको भरोसालाई टुट्न नदिने बताउनुभयो ।

डा वाग्लेले भन्नुभयो, “जिम्मेवारी ठूलो छ । तनहुँ त आफ्नै ठाउँ भइहाल्यो, दुई पटक यहाँबाठ विजयी गराइदिनुभयो, त्यसको महत्त्व, आशा र भरोसालाई लत्याउने छैन । यहाँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्नेछु ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया